ad ad

ग्लोबल


यस्तो अवस्थामा भेटियो इरानी राष्ट्रपति सवार हेलिकप्टर

यस्तो अवस्थामा भेटियो इरानी राष्ट्रपति सवार हेलिकप्टर

दुर्घटनाग्रस्त अवस्थामा इरानी राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर। तस्बिर : एएफपी


नेपालखबर
जेठ ७, २०८१ सोमबार १०:१५, काठमाडौँ

इरानी राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको भग्नावशेष सार्वजनिक गरिएको छ।

इरानी राज्य समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको तस्बिरमा पहाडमा हेलिकप्टर ध्वस्त भएको देखाइएको छ।  

रेड क्रिसेन्टले खिचेको फुटेजमा भग्नावशेषले भरिएको पहाडमा जलेको माटोको ठूलो भागको छेउमा हेलिकप्टरको पुच्छर देखिन्छ।

बीबीसीले उक्त हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन अमिरा बदुल्ला हियानको मृत्यु भएको जनाएको छ।

इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हियान सवार हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .