ग्लोबल


अमेरिकाले इजरायललाई भन्यो– इरानमा आक्रमण गर्न हामी साथ दिँदैनौँ

अमेरिकाले इजरायललाई भन्यो– इरानमा आक्रमण गर्न हामी साथ दिँदैनौँ

नेपालखबर
बैशाख ३, २०८१ सोमबार ९:२३, काठमाडौँ

अमेरिकाले इजरायललाई इरानविरुद्ध बदला लिन साथ नदिने भएको छ। 

बीबीसीका अनुसार ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले इरानविरुद्ध आक्रमणका लागि अमेरिकाले समर्थन नगर्ने बताएका हुन्। 

गत शनिबार राति इरानले इजरायलविरुद्ध ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो। यही अप्रिल १ मा सिरियास्थित इरानी दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा उक्त हमला गरेको इरानको भनाइ छ। 

तर इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले बीचमै खसालेका थिए।

अमेरिकी अधिकारीका अनुसार यस हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको जवाफ दिन नहुने बताएका छन्। 

अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति बाइडेनले नेतान्याहुलाई ‘धेरै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न’ भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .