ad ad

ग्लोबल


भारतले म्यानमारसँगको सीमामा बार लगाउन ३.७ अर्ब डलर खर्चिने

भारतले म्यानमारसँगको सीमामा बार लगाउन ३.७ अर्ब डलर खर्चिने

नेपालखबर
चैत १४, २०८० बुधबार १७:३१,

भारतले म्यानमारसँगको सीमामा बार लगाउन ३.७ अर्ब डलर खर्च गर्ने भएको छ। यी दुई मुलुकबीच १ हजार ६१० किमि लामो सीमा छ। 

एक दशकभित्र बार लगाइसक्ने तयारी रहेको स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाएको छ। 

यसै वर्षको सुरुमा भारतले म्यानमारसँगको सीमामा बार लगाउने घोषणा गरेको थियो। यससँगै दशकौँदेखि कायम रहेको बिनाभिसा आवातजावतको नीति अन्त्य भएको थियो।

राष्ट्रिय सुरक्षा र उत्तरपूर्वी क्षेत्रको जनसंख्या बनोट कायम राख्न यस्तो चालिएको भारत सरकारको भनाइ छ।

म्यानमारले हालसम्म यसबारे प्रतिक्रिया जनाएको छैन।

भारतीय अधिकारीहरुले सीमाक्षेत्रमा बारसँगै सडक पनि बनाउने र सीमासम्म पुग्ने फिडर सडक पनि बनाइने बताएका छन्।

बार र सँगैको सडक निर्माणका लागि प्रतिकिलोमिटर १२.५ करोड रुपैयाँ लाग्ने बताइएको छ। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .