ad ad

ग्लोबल


हिरासतबाट केजरीवालको सन्देश- मेरा लागि मन्दिरमा गएर प्रार्थना गर्नू (भिडिओ)

हिरासतबाट केजरीवालको सन्देश- मेरा लागि मन्दिरमा गएर प्रार्थना गर्नू (भिडिओ)

फाइल तस्बिर : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल


नेपालखबर
चैत १०, २०८० शनिबार १४:४२, काठमाडौँ

मदिरासम्बन्धी नीति निर्माण प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिरासतबाटै आफ्ना जनताका लागि सन्देश जारी गरेका छन्। 

बीबीसी हिन्दीका  अनुसार प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहेका केजरीवालले  आफ्नी पत्नी सुनिता केजरीवालमार्फत दिल्लीका जनतालाई सन्देश जारी गरेका हुन्। 

केजरीवालले आफू जेल जाँदा पार्टीको जनसेवाको काम नरोकिने बताएका छन्।

ईडीको टोलीले गत बिहीबार साँझ मुख्यमन्त्री केजरीवाललाई सरकारी निवासबाटै पक्राउ गरेको हो। 

मदिरा नीति प्रकरणमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया र आम आदमी पार्टीका सांसद सञ्जय सिंह यस अघिदेखि नै जेलमा छन्।

शुक्रबार दिल्लीको राउज एभिन्यु अदालतले अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा राख्न ईडीलाई अनुमति दिएको छ।  

पति अरविन्दले पठाएको सन्देश सुनिता केजरीवालले पढ्दै भनिन्, ‘म भित्र होस् वा बाहिर, म हरेक पल देशको सेवा गरिरहनेछु। यस धर्तीमा मेरो जन्म नै संघर्षका लागि भएको हो। मैले आजसम्म धेरै संघर्ष गरेको छु, भविष्यमा पनि मेरो जीवनमा ठूला संघर्षहरू लेखिएका छन्। त्यसैले यो गिरफ्तारी मलाई अचम्म लागेको छैन।’ 

केजरीवालले आफ्नो सन्देशमा अगाडि भनेका छन्, ‘हामीले मिलेर भारतलाई फेरि महान्, विश्वको सबैभन्दा शक्तिशाली देश बनाउनुपर्छ। भारत भित्र र बाहिर धेरै त्यस्ता शक्ति छन्, जसले भारतलाई कमजोर बनाउँदै छन्। हामीले सचेत भएर यी शक्तिहरूलाई परास्त गर्नुपर्छ। भारतमा यस्ता शक्तिहरू पनि छन्, जो भारतलाई अगाडि लैजान चाहन्छन्, हामीले ती शक्तिहरूसँग मिलेर यिनलाई बलियो बनाउनुपर्छ।’

केजरीवालले महिलाहरूलाई आफ्नो रिहाइका लागि मन्दिरमा गएर प्रार्थना गर्न पनि आग्रह गरेका छन्।

उनले सन्देशमा भनेका छन्, ‘पार्टीका कार्यकर्ताहरूलाई मेरो अपिल छ– मेरो जेल यात्राले समाजसेवा र जनसेवाका काम रोकिनु हुँदैन। हामीले भाजपाका मानिसहरूलाई पनि घृणा गर्नु हुँदैन, तिनीहरू सबै हाम्रा दाजुभाइ हुन्।’

हिरासतबाट केजरीवालले पठाएको सन्देश पढेर सुनाउँदै उनकी पत्नी सुनिता-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .