ad ad

ग्लोबल


चुनावको मुखमा भारतमा विपक्षी दल कंग्रेसको बैंक खाता रोक्का

चुनावको मुखमा भारतमा विपक्षी दल कंग्रेसको बैंक खाता रोक्का

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १५:१०,

भारतको प्रमुख विपक्षी दल कंग्रेसले चुनावको मुखमा आयकर विभागले आफ्ना बैंक खाता रोक्का गरिदिएको जनाएको छ। 

पछि सो पार्टीले अदालतमा सुनुवाइसम्मका लागि खाताको रकममा तत्काललाई पहुँच दिइएको बताएको छ।

कंग्रेस नेता मल्लिकाजुर्न खड्गेले यसलाई ‘लोकतन्त्रमाथिको आक्रमण’ भनेका छन्।

सो आरोपप्रति सरकार वा आयकर विभागले कुनै जवाफ दिएका छैनन्।

कंग्रेस नेता अजय माकनले शुक्रबार बिहान पत्रकारहरुलाई दुई दिनअघि पार्टीको खाताबाट काटिएको चेक ब्यांकले फिर्ता गरेको बताएका थिए। त्यसपछिको सोधीखोजीमा सबै खाता रोक्का गरिएको जवाफ दिइएको उनको भनाइ छ।

माकनले पार्टीको खातामा रहेको रकम अनलाइन चन्दाबाट जुटेको र युवा भ्रातृसंगठनको खातामा रहेको रकम सदस्यता शुल्कबाट जम्मा भएको बताए।

‘हामीसँग खर्च गर्ने, बिजुलीको बिल तिर्ने र हाम्रा कामदारलाई तलब दिने पैसा छैन,’ माकनले भने।

२०१८–१९ मा पार्टीको आयकर बुझाउन ४५ दिनको ढिलाइका लागि खाता रोक्का गरिएको उनको भनाइ छ।

त्यसका अलावा २.१ अर्ब भारतीय रुपैयाँ जरिवाना तिर्न पनि आयकर विभागले भनेको माकनले जानकारी दिए।

यसबारे अर्को साता अदालतमा सुनुवाइ हुने जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि विपक्षीलाई दमन गर्न राज्यका संयन्त्रहरुको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .