ad ad

ग्लोबल


आफ्नो सैनिक मुख्यालयमा आक्रमण गरेपछि इजरायलद्वारा लेबनानमा ‘ठूलो हमला’

आफ्नो सैनिक मुख्यालयमा आक्रमण गरेपछि इजरायलद्वारा लेबनानमा ‘ठूलो हमला’

नेपालखबर
फागुन ३, २०८० बिहिबार ७:२, काठमाडौँ

आईडीएफ कमान्ड मुख्यालयमा आक्रमण गरेपछि इजरायलले लेबनानमा 'ठूलो हमला' सुरु गरेको छ।

बीबीसीका अनुसार इजरायलको सेनाले आफ्ना लडाकु विमानहरूले लेबनानमा 'ठूलो प्रतिकारात्मक हवाई हमला' गरेको बताएको छ।

यसअघि आईडीएफले लेबनानी पक्षमा इजरायलका धेरै लक्ष्यमा मिसाइल प्रहार गरिएको बताएको थियो।

इजरायलका अनुसार लेबनानले गरेको आक्रमणमा इजरायली सेनाको बेसलाई पनि निशाना बनाइएको छ।

इजरायलले आफूले आक्रमण गरेको लक्ष्यमा जवाफी हमला गरिएको दाबी गरेको छ।

अनलाइन पोस्ट भइरहेका भिडियोमा लेबनानका धेरै ठाउँमा ठूला विस्फोट देखिएका छन्।

इजरायली सेनाले लेबनानबाट भएको आक्रमणमा सफेदमा रहेको आफ्नो उत्तरी कमान्डको मुख्यालयलाई निशाना बनाएको दाबी गरेको छ।

इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि नै लेबनानी संगठन हिजबुल्लाहले इजरायलको उत्तरी सीमा नजिक लगातार हमला गरिरहेको छ।

तर सफेद इजरायल सीमा क्षेत्रभन्दा निकै भित्र छ, जहाँ अहिलेसम्म आक्रमणहरू भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .