पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ मा भएको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरेको छ।
राष्ट्रिय सभा (एनए) वा देशको संसदको तल्लो सदनका लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट, पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले ७५ सिट प्राप्त गरेको छ।
पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी संसदीय दलले ५४ सिट प्राप्त गरेको छ।
मुत्ताहिदा कौमी मुभमेन्ट-पाकिस्तानले १७ सिट, जमियत उलामा-ए-इस्लाम पाकिस्तानले चार सिट, पाकिस्तान मुस्लिम लिगले तीन सिट, इस्तेहकाम-ए-पाकिस्तान पार्टी र बलुचिस्तान नेशनल पार्टीले दुई-दुई सिट पाएका छन्।
ई-मुस्लिमीन पाकिस्तान, पाकिस्तान मुस्लिम लीग (जिया-उल-हक शहीद), पश्तुनख्वा नेशनल अवामी पार्टी पाकिस्तान, बलुचिस्तान अवामी पार्टी, पश्तुनख्वा मिलि अवामी पार्टी र नेशनल पार्टीले एक-एक सिट पाएको छ।
निर्वाचन आयोगले फब्रुअरी ८ गते भएको निर्वाचनपछि राष्ट्रिय सभाका २६६ सिटमध्ये २६२ सिटको नतिजा आगामी पाँच वर्षे कार्यकालका लागि घोषणा गरेको होे।
देशको निर्वाचन आयोगले उम्मेदवारको मृत्यु भएपछि एक सिटको मतदान स्थगित गरेको र एक सिटको नतिजा रोकेर आंशिक पुनः मतदान गर्ने घोषणा गरेको हो।
Shares

प्रतिक्रिया