ad ad

ग्लोबल


पाकिस्तानमा नवाज र बिलावलले गठबन्धन सरकार बनाउने

पाकिस्तानमा नवाज र बिलावलले गठबन्धन सरकार बनाउने

नेपालखबर
माघ २७, २०८० शनिबार ११:४८, काठमाडौँ

पाकिस्तानमा बिहीबार भएको निर्वाचनमा कुनै दललाई पनि बहुमत नमिल्ने देखिएको छ।

तर जेलमा रहेका इमरान खान नेतृत्वको स्वतन्त्र उम्मेदवारहरूको समूहले सबैभन्दा ठूलो जित निकालेका छन्।

ताजा अवस्थामा इमरान समर्थक स्वतन्त्र उम्मेदवारहरूले ९९ सिट जितिसकेका छन्।

अहिलेसम्म २६५ मध्ये २५० सिटको छिनोफानो भइसक्दा इमरान समर्थकले ९९, नवाज शरिफसम्बद्ध पाकिस्तान मुस्लिम लिगले ७१ र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले ५९ सिटमा जित निकालेका छन्।

बहुमतका लागि १३४ सिट चाहिनेमा तीनै पक्ष त्यसमा असफल भएका छन्। यस्तो  अवस्थामा नवाज र बिलावल गठबन्धन सरकार बनाउन तयार भएका छन्। 

पीपीपी र पीएमएल-एनले मिलेर सरकार बनाउने कुरामा सहमति जुनाएका हुन्।

पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पीपीका प्रमुख बिलावल भुट्टो जरदारीले शुक्रबार राति लाहौरमा पीएनएल-एन प्रमुख शाहबाज शरिफसँग वार्ता गरेका छन्। 

यस्तोमा दुवै पार्टी देशमा राजनीतिक र आर्थिक स्थिरता ल्याउन मिलेर सरकार बनाउन तयार भएको जनाएका छन्।

यी दुई दल मिल्दा १३० सिट हुन्छ। जम्मा २६५ सिटकै परिणाम आइसक्दा दुई दलको बहुमत पुग्ने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .