जेल जीवन बिताइरहेका इमरान खानको पार्टीका अध्यक्ष गौहर अली खान पाकिस्तानको नेशनल एसेम्बली निर्वाचनमा विजयी भएका छन्।
इमरान जेल गएपछि पार्टीको कमान सम्हालेका खानले पनि संसद् यात्रा पक्का गरेका हुन्।
उनले विजयी हुने क्रममा १ लाख ४३ हजार ६१३ मत पाए। उनीसँग प्रतिस्पर्धामा रहेका जहांगिर खान तरिनले ५० हजार १६६ मत ल्याउन सफल भए।
उनलाई इमरान जेल गएपछि गत २ डिसेम्मबरमा पीटीआईको अध्यक्ष बनाइएको थियो।
इमरान खानका वकिलसमेत रहेका पीटीआई अध्यक्ष खानले बुनेर सिटबाट संसद् यात्रा पक्का गरेका हुन्।
उनी पनि यो निर्वाचनमा स्वतन्त्र रुपमा चुनावी मैदानमा थिए। चुनावअघि पीटीआईको चुनाव चिह्न ब्याट खोसिएपछि सबै उम्मेदवार स्वतन्त्र रुपमा मैदानमा थिए।
528
Shares
प्रतिक्रिया