ad ad

ग्लोबल


पाकिस्तानमा चुनावबीच ठाउँ ठाउँमा हिंसा, कम्तीमा ५ जना प्रहरी मारिए

पाकिस्तानमा चुनावबीच ठाउँ ठाउँमा हिंसा, कम्तीमा ५ जना प्रहरी मारिए

नेपालखबर
माघ २५, २०८० बिहिबार १५:४२, काठमाडौँ

पाकिस्तानमा नेशनल एसेम्बली र प्रान्तीय चुनाव बिहीबार एक साथ भइरहेको छ।

इमरान खान नेतृत्वको पार्टी छिन्नभिन्न भएको अवस्थामा चुनाव भइरहेको हो। इमरानसहितका नेताहरूलाई जेल हालेर भइरहेको चुनावमा नवाज सरिफको दल निर्वाचित हुने अनुमान छ। 

चुनावका बीच पाकिस्तानका कयौँ स्थानमा हिंसा भएको छ। चुनावका क्रममा खैबर पख्तुनख्वामा भएको गोलीबारी र विस्फोटमा परेर कम्तीमा ५ जना प्रहरी मारिएका छन्। 

उता बलुचिस्तानमा ग्रिनेडबाट आक्रम भएको छ। हिंसाबीच चुनाव भइरहँदा देशभर मोबाइल फोन सेवा बन्द गरिएको छ। 

मतदान बिहान साढे ८ बजेदेखि सुरु भएको हो। यो क्रम साँज साढे ५ बजेसम्म चल्ने छ। 

आजै मध्यरातिसम्म निर्वाचन परिणाम आउने सम्भावना छ। चुनाव आयोगले आधिकारिक रुपमा शुक्रबार चुनावी परिणामको घोषणा गर्नेछ। 

आर्थिक संकटबीच पछिल्ला चार चुनावको तुलनामा यस पटक सबैभन्दा धेरै खर्च भएको छ। समाचार अनुसार करिब १ हजार करोड रुपैयाँ यो चुनावमा खर्च हुँदै छ।

समाचार अनुसार चुनावका क्रममा पञ्जाव प्रान्तको कोट अड्डु जिल्लामा दलीय उम्देवार अमजद अब्बास चन्दिया र निर्दलीय उम्मेदवार मुर्तजा रहिम खारका समर्थबीच झडप हुँदा १५ जना घाइते भएका छन्। 

बलुचिस्तानमा मकरान डिभिजनका कमिश्नर सइद अहमद उमरानीले रोयटर्सलाई बताएअनुसार कयौँ स्थानमा ग्रिनेड आक्रमण भएको छ। 

रोयटर्सले पुलिस प्रमुख रऊफ कैसरानीलाई उद्धृत गर्दै जनाएअनुसार खैबर प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित कुलाची इलाकामा एक पुलिस गस्ती टोलीमाथि हमला भएको छ। 

यहाँ बम आक्रमण र गोली चलाइँदा ४ जना पुलिस मारिएका छन्। घटनामा अन्य १२ जना घाइते भएका छन्। 

यसअघि टांक क्षेत्रमा एक मतदान केन्द्रमा गोली चल्दा पुलिसको ज्यान गएको थियो। अहिलेसम्म खैबरमा जम्मा ५ जना प्रहरी मारिएका छन्। 

उता खैबरमै अफगानिस्तानको सीमानजिक एक मतदान केन्द्रमा तालिबानले हमला गरेको छ। यस क्रममा एकजना महिला एजेन्ट घाइते भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .