ad ad

ग्लोबल


विश्वमै पहिलो पटक लोपोन्मुख उत्तरी सेतो गैंडामा कृत्रिम गर्भाधान

अस्तित्व जोगाउन वैज्ञानिकको संघर्ष
विश्वमै पहिलो पटक लोपोन्मुख उत्तरी सेतो गैंडामा कृत्रिम गर्भाधान

नेपालखबर
माघ २१, २०८० आइतबार १९:२५, काठमाडौँ

अतिदुर्लभ सूचीमा रहेको सेतो गैंडामा विश्वमै पहिलो पटक कृत्रिम गर्भाधन गरिएको छ। विश्वमा हाल बचेका केवल दुई गैंडामध्ये एकमा कृत्रिम गर्भाधान गरिएको हो। 

उत्तरी सेतो गैंडाको प्रजातिलाई लोप हुनबाट जोगउनका लागि वैज्ञानिकहरूले कृत्रिम गर्भाधानको सहारा लिएका हुन्। 

पृथ्वीमा बचेका केवल दुई मात्रै सेतो गैंडालाई जोगाउन वैज्ञानिकहरूले कठिन संघर्ष गर्नु परिरहेको छ। 

वैज्ञानिकहरूले प्रयोगशालामा बनाएइको भ्रूणलाई पोथी गैंडाको गर्भाशयमा सफलतापूर्वक प्रत्यारोपित गर्न सफल भएका हुन्। 

पहिलो  पटक गैंडाको कृत्रिम गर्भाधान गरिएको हो। भ्रूणलाई विकसित गर्न उत्तरी सेतो गैंडा प्रजातिसँग सम्बन्धित दक्षिणी सेतो गैंडा उपप्रजातिलाई प्रयवग गरिएको हो।

जर्मनीमा लाइभनिज इन्स्टिच्युट फर जु एन्ड वाइल्डलाइफ रिसर्चका वैज्ञानिक सुसान होल्जले भने, 'गैंडामा पहिलो पटक भ्रूण प्रत्यारोपण गर्न सक्षम हुनु एक ठूलो सफलता हो।'

यो प्रजाति एक समय मध्यअफ्रिकामा पाइन्थ्यो। तर गैंडाको सिङको मागका कारण अवैध शिकार हुँदा लोप हुने बिन्दुमा पुगेको छ।

अब यस प्रजातिका केव दुई पोथी गैंडा बाँकी छन्। उनीहरू नाजिन र उसकी छोरी फातु हुन्।

यी दुवैलाई अफ्रिकास्थित ओल पेजेटा नेचर रिजर्भमा कडा सुरक्षा दिएर राखिएको छ। 

अहिलेको अवस्थामा प्राविधिक रुपमा यो गैंडा लोप भइसकेको छ। अहिले बचेका गैंडाले पनि प्राकृतिक रुपमा प्रजनन गर्न नपाउने भएकाले यिनलाई लोप भएको मानिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .