ग्लोबल


युक्रेनी सेनापति जालुज्नीलाई बर्खास्त गर्ने तयारीमा जेलेन्स्की

युक्रेनी सेनापति जालुज्नीलाई बर्खास्त गर्ने तयारीमा जेलेन्स्की

नेपालखबर
माघ १७, २०८० बुधबार १८:४८,

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो सैन्य कमान्डर जर्नेल वालेर जालुज्नीलाई हटाउने जानकारी दिएका छन्। सोमबार भएको बैठकपछि जेलेन्स्कीले जालुज्नीलाई सो जानकारी दिएको स्रोतलाई उल्लेख गर्दै पश्चिमा सञ्चारमाध्यमले बताएका छन्।

युक्रेनको प्रत्याक्रमण अभियान असफल भएपछि जेलेन्स्की र यी लोकप्रिय जर्नेलबीच खटपट सुरु भएको थियो।

हाललाई जालुज्नी पदमा भए पनि राष्ट्रपतिको औपचारिक आदेशले उनी त्यसबाट हट्ने बताइएको छ। करिब दुई वर्ष युक्रेनी सेनाको नेतृत्व जालुज्नीले गरे।

जालुज्नीको नेतृत्वमा नेटो गठबन्धनले दिएको तालिम लिएका सैनिक सहभागी गराएर सुरु भएको रुसविरुद्धको प्रत्याक्रमणले भूमि फिर्ता लिन सकेन। जालुज्नी र उनका अमेरिकी समकक्षीबीच सैन्य रणनीतिका विषयमा असहमति रहेको बताइएको छ। र, उनले अमेरिकी सेनाको सल्लाह नमानेको बताइएको छ।

अमेरिकी जर्नेलहरुले एकै ठाउँमा ठूलो संख्यामा सेना केन्द्रिकृत गर्न सल्लाह दिएको छ। तर, त्यसो गर्दा मारिने र घाइते हुनेको संख्या बढ्ने जालुज्नीको तर्क थियो।

सोमबारको बैठकमा जेलेन्स्कीले जालुज्नीलाई युक्रेनीहरु युद्धबाट वाक्क भएको र सहयोगी मुलुकले पनि सहयोगमा ढिलाइ गरेको भन्दै नयाँ कमान्डर आए उसले पुनर्ताजगी ल्याउनसक्ने बताएका थिए।

उनीहरुबीच यो वर्ष कति सैनिक परिचालन गर्ने भन्ने विषयमा असहमति देखिएको थियो। 

जालुज्नीले ५ लाख सैनिक चाहिने बताएका थिए। तर, बन्दुक, पोसाक र तालिम केन्द्रको अभावमा यो संख्या व्यावहारिक नहुने तर्क जेलेन्स्कीले गरेका थिए।

५० वर्षीय जर्नेललाई कसले विस्थापित गर्छ भन्ने स्पष्ट छैन। तर दाबेदारमा ३८ वर्षीय लेफ्टिनेन्ट जर्नेल किरल बुदानोव छन्। उनी अहिले युक्रेनी सेनाको गुप्तचर विभाग प्रमुख छन्। तर, उनले आर्मी कमान्डरका रुपमा काम गरेका छैनन्।

जालुज्नीलाई अर्को पद प्रस्ताव गर्दा उनले आफूले अवकाश लिने बताएका थिए। 

कतिपयले भने उनको बर्खास्ती केही समयका लागि पछि सारिन सक्ने बताएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad