ग्लोबल


इजरायललाई आईसीजेको अन्तरिम आदेश : नरसंहार हुन नदेऊ

इजरायललाई आईसीजेको अन्तरिम आदेश : नरसंहार हुन नदेऊ

नेपालखबर
माघ १२, २०८० शुक्रबार १८:३३,

अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले गाजामा नरसंहार हुन नदिन सकेजति सबै उपाय लगाउन इजरायललाई अन्तरिम आदेश दिएको छ। 

इजरायलले आफ्नो सेनालाई नरसंहार नगर्ने सुनिश्चित गर्नुपर्ने र त्यससम्बन्धी घटनाका प्रमाणहरुको रक्षा गर्नुपर्ने पनि अदालतको आदेश छ।

यो आदेश पालना गर्न इजरायलले के गरिरहेको भन्ने बारे एक महिनाभित्र रिपोर्ट दिन पनि अदालतले इजरायललाई आदेश दिएको छ।

इजरायलविरुद्ध दक्षिण अफ्रिकाले मुद्दा हालेको थियो। इजरायलले भने नरसंहार नगरेको भन्दै यो विषय आईसीजेको क्षेत्राधिकारमा नपर्ने र त्यसलाई खारेज गर्नुपर्ने दलिल पेस गरेको थियो।

तर, अदालतले यो मुद्दा सो अदालतको क्षेत्राधिकारमा पर्ने भन्दै सुनुवाइको मौका दिएको छ।

प्यालेस्टिनीहरु राष्ट्रसंघको संरक्षित समूहमा पर्ने पनि अदालतले बताएको छ।

इजरायली आक्रमणबाट केही महिनामा करिब २६ हजार गाजाबासीको मृत्यु भइसकेको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad