ग्लोबल


चीनको युन्नान प्रान्तमा पहिरोबाट ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

चीनको युन्नान प्रान्तमा पहिरोबाट ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

नेपालखबर
माघ ११, २०८० बिहिबार १९:१४, काठमाडौँ

चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी मर्नेको सङ्ख्या बिहीबारसम्म ४३ पुगेको छ।

पहिरोमा अझै पनि एक जना बेपत्ता भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। 

युनान प्रान्तको झेन्सियोङ काउन्टीमा सोमबार बिहानैदेखि गएको पहिरोमा १८ घर पुरिएका थिए।

पहिरोपछि दुई सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

घटनास्थलमा थप नौ शव प्राप्त भएका छन्। यससँगै मर्नेको सङ्ख्या ४३ पुगेको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले बिहीबार साँझ जनाएको छ।

राष्ट्रपति सी चिनफिङले सोमबार ‘पूर्ण’ उद्धार प्रयास गर्न आदेश दिएका थिए। प्रकोपपछि दुई सय उद्धारकर्मीले पुरिएका गाउँलेहरूको खोजीमा चिसो मौसम र हिउँ सामना गर्नुपरेको छ। 

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा हेलमेट, फेस मास्क र चम्किलो सुन्तला रङको कपडा लगाएका उद्धारकर्मीहरूले जीवित मानिस खोज्न रातभर खनिरहेको देखाइएको छ।

दर्जनौँ दमकल र खन्ने उपकरण पनि त्यहाँ देख्न सकिन्छ। चीनको दुर्गम र ठूलो मात्रामा गरिब रहेको क्षेत्र युन्नानमा पहिरो जानु सामान्य मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad