समाज


नेपाली सेनाको शान्ति कार्य बन्दोबस्ती केन्द्र उद्‍घाटन

नेपाली सेनाको शान्ति कार्य बन्दोबस्ती केन्द्र उद्‍घाटन

नेपालखबर
माघ ११, २०८० बिहिबार १९:२७, काठमाडौँ

प्रधान सेनापति प्रभुराम शर्माले बारा जिल्लाको जितपुरमा निर्मित शान्ति कार्य बन्दोबस्ती केन्द्रको उद्‍घाटन गरेका छन्।

शान्ति स्थापना कार्यको लागि विश्वका विभिन्न मुलुकहरुमा नेपाली शान्ति सैनिकहरु खटिँदा आवश्यक पर्ने बन्दोबस्तीका सामग्रीहरुको भण्डारण, सम्भार तथा वितरण कार्यका लागि केन्द्रको स्थापना गरिएको सैनिक मुख्यालयले जनाएको छ।

केन्द्रमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरुका लागि बन्दोबस्ती क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न बन्दोबस्ती तालिम सञ्चालन हुनेछ।

यस्तै, उक्त केन्द्रमा मेन्टिनेन्स वर्कसप समेत सञ्‍चालन हुने नेपाली सेनाले जनाएको छ। तीन चरणमा निर्माण सम्पन्न गर्ने योजनासहित माघ ३ गतेबाट बन्दोबस्ती केन्द्रको निर्माण सुरु भएको थियो।

आजै प्रधान सेनापति शर्माले वार्षिक सामूहिक तालिमरत फौजले मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ स्थित ढुंगेगढीमा सञ्चालन गरेको तालिम अभ्यास र प्रदर्शनीहरुको समेत अवलोकन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad