ad ad

ग्लोबल


श्रीलंकाको दक्षिणी क्षेत्रमा गोली हानेर पाँचजनाको हत्या

श्रीलंकाको दक्षिणी क्षेत्रमा गोली हानेर पाँचजनाको हत्या

नेपालखबर
माघ ८, २०८० सोमबार १४:४०, काठमाडौँ

श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ।

प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताएका छन्।

चारजनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ताले जनाकारी दिए।

उक्त घटना स्थानीय समय अनुसार बिहान ७:४५ बजे भएको थियो। गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जीपमा रहेको अर्को समूहमाथि गोली चलाएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले गोली प्रहार सङ्गठित आपराधिक समूहले गरेको हुन सक्ने आशंका गरेको छ।

श्रीलङ्काले डिसेम्बर १७ देखि लागुऔषध ओसारपसार र सङ्गठित आपराधिक गतिविधिलाई रोक्न अभियान विशेष शुरु गरेको छ।  

उक्त अभियानमा गत हप्तासम्म ४० हजार भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .