ओपनर खडक बोहरा र टेक रावतको किर्तिमानी शतकीय साझेदारीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १ सय ३४ रनको फराकिलो अन्तरले पाखा लगाएको हो।
सुदूरपश्चिमले दिएको २ सय २ सय ७८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १ सय ४३ रनमा अलआउट भयो।
कर्णालीलाई कम स्कोरमा रोक्न शेर मल्ल एक्लैले ४ विकेट लिए। विकास अग्रीले २ विकेट झारे। नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान एक विकेट आफ्नो नाममा गरे।
कर्णालीका लागि दिवान पुनले सर्वाधिक ३८ रन बनाए। अर्जुन घर्तिले २४ रन थपे। दिनेश अधिकारीले २० रन बनाए। अन्या ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
त्यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिकले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ७७ रनको योगफल तयार पारेको थियो।
पहिलो विकेटका लागि बोहोरा र रावतले २८ ओभरमा १ सय ३८ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए।
पिएम कपको इतिहासमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो। यसअघि सन् २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले पहिलो विकेटका लागि कर्णालीविरुद्ध नै १ सय ३२ रनको साझेदारी गरेका थिए।
सोही समयमा मधेशका हरिशंकर शाह र सन्तोष कार्कीले लुम्बिनी प्रदेशविरुद्ध १ सय ३० रनको साझेदारी गरेका थिए।
ओपनर रावतले ९१ बलमा ७ चौका प्रहार गर्दा ५९ रनमा क्याच आउट हुन पुगे।
अर्का ओपनर बोहोरा ४६ औं ओभरमा ८० रन बनाउँदा बोल्ड आउट भए। बोहोराले १ सय १४ बलमा ६ चौका हाने।
किरण ढुङगाना अर्धशतक पूरा गर्दै पवेलियन फर्के। ३३ बलमा ५ चौका र २ छक्का हान्दा रन आउट भए।
नरेन भट्ट १५ र कप्तान राजु रिजाल १९ रन बनाउँदा एलबीडब्लु धरापमा परे।
नारायण जोशी ३१ र शेर मल्ल शुन्य रनमा नटआउट रहे।
कर्णालीका लागि दिनेश अधिकारी, युनिस सिहं, प्रकाश जैसी र दिपेन्द्र रावतले समान एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया