ad ad

ग्लोबल


‘इजरायलको जासुसी अखडा’मा इरानको आक्रमण, अमेरिका आक्रोशित

‘इजरायलको जासुसी अखडा’मा इरानको आक्रमण, अमेरिका आक्रोशित

नेपालखबर
माघ २, २०८० मंगलबार १७:९, काठमाडौँ

मध्यपूर्वमा तनाव चुलिएका बेला इरानले इराकस्थित इजरायलको एउटा जासुसी खडामा धावा बोलेको छ।

गाजा क्षेत्र र लाल सागरमा तनाव चुलिएका बेला इजरायलविरुद्ध इरानले एउटा कडा धक्का दिएको हो।

इजरायलमाथि भएको यो इरानी आक्रमणलाई लिएर अमेरिका आक्रोशित भएको छ। इराकको इरबिल नजिकै इजरायली अखडामा भएको यो हमलालाई अमेरिकाले 'गैरजिम्मेवार र अस्पष्ट आक्रमण'को संज्ञा दिएको छ। 

सोमबार इरानको रिभोल्युसनरी गार्ड्सले बताएअनुसार इजरायलको इराकस्थित ‘जासुसी हेडक्वार्टर’ मा ब्यालिस्टिक मिसाइलले आक्रमण गरिएको हो।

कुर्दिश क्षेत्रीय सरकारको सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै इजरायलविरुद्धको यो हमलामा कम्तीमा ४ जना मारिएका छन्। अन्य ६ जना गम्भीर घाइते भएका छन्। 

हमास र इजरायलबीचको लडाइँ पूरै मध्यपूर्वमा फैलिन सक्ने आशंका चुलिइरहेका बेला इरानले यो हमला गरेको हो। 

इराकले यस हमलाको निन्दा गर्दै यसलाई आफ्नो सम्प्रभुताको उलंघन भनेको छ। 

उता अमेरिकास्थित ह्वाइ हाउसका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता एड्रिएन वाटसनले आफ्नो भनाइ सार्वजनिक गरेका छन्। 

'हामी स्थितिको आकलन गरिरहेका छौँ। तर, सुरूवाती संकेतका आधारमा यो हमला गैरजिम्मेवार थियो', उनले भनेका छन्।

उता इरानी रिभोल्युसनरी गार्डले यहुदी शासकहरूले हालैका दिनमा मच्चाइरहेको आतंक र अत्याचारको प्रतिकारस्वरुप यो आक्रमण गरिएको जनाएको छ। 

आफ्ना सैन्य नेताहरूमाथि हमला गरेर कयौँ कमान्डरको हत्याको जवाफमा यो आक्रमण गर्नुपरेको रिभोल्युसनरी गार्डले जनाएको छ।

आफ्नो मिसाइल हमलाबाट कुर्दिस क्षेत्रस्थित इजरायली जासुसी संस्था मोसादको कार्यालय पनि ध्वस्त भएको इरानी सेनाको भनाइ छ।

अघिल्लो महिना इजरायले सिरियाको दमास्कसमा गरेको हमलामा एक शीर्ष इरानी जनरल सैयद रजी मौसवीको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .