आइसल्यान्डको दक्षिण-पश्चिम क्षेत्रमा ज्वालामुखी विस्फोट भएको छ।
बीबीसीका अनुसार ग्रिन्डाविक सहरनजिकै ज्वालामुखी विस्फोट भएको हो।
तर, ज्वालामुखीबाट निस्केको लाभा कुन दिशामा सर्दैछ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।
हाल यो सहर खाली गरिएको छ। एक महिनाभन्दा कम अवधिमा ज्वालामुखी विस्फोट भएको यो दोस्रोपटक हो।
आइसल्यान्डका राष्ट्रपति गुड्नी जोहानसनले कसैको ज्यान खतरामा नरहेको जानकारी दिएका छन्।
हेर्नुहोस् तस्बिर-
111
Shares
प्रतिक्रिया