नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको पुस मसान्तसम्मको ऋण भुक्तानी गरेको छ।
निगमले उक्त जहाज किन्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो। सो ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८० पुस महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक ऋण भुक्तानी गरेको हो।
दुवै गरी पुस २९ गते जम्मा ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले नेपालखबरलाई जानकारी दिए।
‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ किस्ता रकम भुक्तानी भइसकेको छ’ उनले भने।
निगमले ए३२० जहाजको ऋणबापत सञ्चय कोषलाई ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ र ए३३० जहाजको १० करोड भुक्तानी गरेको छ। त्यस्तै नागरिक लगानी कोषलाई ए३३० जहाजको १० करोड किस्ता भुक्तानी गरिएको छ।
Shares
प्रतिक्रिया