ad ad

ग्लोबल


ताइवानको राष्ट्रपतिमा अमेरिका निकट विलियम लाइ विजयी, संसदमा गुम्यो नियन्त्रण

ताइवानको राष्ट्रपतिमा अमेरिका निकट विलियम लाइ विजयी, संसदमा गुम्यो नियन्त्रण

ताइवनाको राष्ट्रपतिमा विलियम लाइ विजयी भएका छन्


नेपालखबर
पुस २८, २०८० शनिबार २१:५५,

ताइवनाको राष्ट्रपतिमा बेइजिङ विरोधी नेताको छवि बनाएका विलियम लाइ विजयी भएका छन्। 

हाल उपराष्ट्रपति रहेका डेमोक्रेटिक पिपुल्स पार्टीका अध्यक्ष विलियम लाइलाई बेइजिङले ‘समस्या सिर्जना गर्ने’ नेता भन्दै आलोचना गर्दै आएको छ। 

उनै लाइ शनिबार भएको निर्वाचनमा राष्ट्रपतिमा विजयी भएका हुन्। डेमोक्र्याटिक पिपुल्स पार्टीको निकटतम प्रतिद्वन्द्वी पार्टी कोमिन्ताङको पराजयपछि विलियम लाइले छिट्टै राष्ट्रपतिको रुपमा देशको शासन सम्हाल्ने देखिएको छ। 

ताइवनाका सञ्चारमाध्यमहरूका अनुसार विलियम लाइ ५० लाख बढी मत प्राप्त गर्ने पहिलो राष्ट्रपति उम्मेदवार हुन्। उनले ५५ लाख ८६ हजार बढी मत शनिबार साँझसम्म पाइसकेका छन्। 

बेइजिङले ताइवानका जनतालाई लाइको विरुद्धमा मतदान गर्न आग्रह गरेको थियो। बेइजिङ निकट मानिने कोमिन्ताङ पार्टीले भने चुनावमा चीनसँग राम्रो सम्बन्ध स्थापना गर्ने वाचा गरेको थियो। कोमिन्ताङका राष्ट्रपतिका उम्मेदवार वेन–जे ४६ लाख ७१ हजार मतसहित दोस्रो स्थानमा आएका छन्। 

ताइवान पिपुल्स पार्टीका राष्ट्रपतिका उम्मेदवार वेन–जेले पनि पराजय स्वीकार गरिसकेका छन्। ३६ लाख ९० हजार मत पाएर ताइवान पिपुल्स पार्टी तेस्रो दल बनेको छ। 

जनवरी १३ मा भएको निर्वाचनमा संसदको ११३ सिटका लागि पनि मतदान भएको थियो।

राष्ट्रपति जितेपनि सत्तारुढ डेमोक्र्याटिक पिपुल्स पार्टीले ताइवानको विधायिकाको नियन्त्रण भने गुमाएको छ। उसले विधायिकाको ११३ सिटमध्ये ५१ सिट मात्र जितेको छ। कोमिन्ताङले ५२ सिट जित्ने अपेक्षा गरिएको छ भने तेस्रो पिपुल्स पार्टीले आठ सिट जितेको छ। 

कोमिन्ताङ पार्टीका राष्ट्रपति पदका उम्मेदवार हु–यु यीले विलियम लाइलाई बधाई दिँदै ताइवानका चुनौतीहरूको सामना सबै दलहरू मिलेर गर्नु पर्ने बताएका छन्। 

‘हामीसँग धेरै समस्या छन्। हामीलाई ती समस्या समाधान गर्ने सरकार चाहिन्छ। हामीलाई युवाहरूको लागि काम गर्ने सरकार चाहिन्छ,’ उनले बीबीसीसँग भने, ‘कोमिन्ताङ अगाडि बढ्ने र बलियो बन्ने विश्वास लिएका छौं।’

राष्ट्रपति चुनाव जितेपछि लाइले पनि आफ्नो भनाइमा निकै सावधानीपूर्वक शब्द छनोट गरे। यसबाट उनी चीनसँग ताइवानको सम्बन्धमा निकै सजग रहेको स्पष्ट हुन्छ।

उनले चीनसँग आपसी सम्मानका आधारमा वार्ता हुने बताए। चीनले सधैं उनलाई ताइवानको स्वतन्त्रताको समर्थक भएको बताउँदै आएको छ।

लाइले अमेरिकाजस्ता आफ्ना सहयोगीहरूलाई पूर्ववर्ती राष्ट्रपति साइ–इङ वेनको सन्तुलनमा राख्ने नीति अवलम्बन गर्ने बताउदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .