टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना पूर्व वातावरणमन्त्री मुरात कुरुमलाई आगामी निर्वाचनमा इस्तानबुलको मेयरमा उम्मेदवार उठाउने घोषणा गरेका छन्।
राष्ट्रपति एर्दोगानले सत्तारुढ न्याय तथा विकास पार्टी (एकेपी) को उम्मेदवारको रूपमा कुरुमको नाम दिएको बताएका हुन्।
मार्चमा हुने चुनावमा कुरुमले प्रमुख विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का वर्तमान मेयर एकरेम इमामोग्लुसँग प्रतिस्पर्धा गर्नेछन्।
टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा झन्डै २५ वर्षको शासनपछि एकेपी सन् २०१९ मासीएचपीसँग पराजित भएको थियो। एकेपीले महानगरपालिकाका लागि आफ्ना २६ जना उम्मेदवार मात्रै सार्वजनिक गरेको छ। (सिन्ह्वा/नान)
27
Shares
प्रतिक्रिया