ग्लोबल


जापानको एयरपोर्टमा दुई जहाज ठोक्किँदा कोस्ट गार्डका पाँच सदस्यको मृत्यु

जापानको एयरपोर्टमा दुई जहाज ठोक्किँदा कोस्ट गार्डका पाँच सदस्यको मृत्यु

नेपालखबर
पुस १७, २०८० मंगलबार १८:१०, काठमाडौँ

जापानको हनेडा एयरपोर्टको धावनमार्गमा दुई जहाज ठक्कर खाँदा कोस्ट गार्डका कम्तीमा पनि पाँच सदस्यको ज्यान गएको छ।

कोस्ट गार्डको जहाजमा सवार ६ जनामध्ये पाँचजना सदस्यको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। 

जापान एयरलाइन्सको जहाज अवतरणका क्रममा धावनमार्गमा रहेको कोस्ट गार्डको जहाजसँग ठोक्किँदा भीषण आगो लागेको थियो।

तर पनि उता जापान एयरलाइन्सको जहाजमा सवार चालक दलका १२ र ३६७ यात्रुसहित सबै ३७९ जनालाई सुरक्षित रुपमा निकालिएको छ।

जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएअनुसार कोस्ट गार्डको जहाजमा रहेका ६ मध्ये पाँचजनाको मृत्यु भएको हो। 

समाचार एजेन्सी रोयटर्सका अनुसार कोस्ट गार्डको जहाज १ जनवरीमा आएको विनाशकारी भूकम्प प्रभावित मानिसहरूका लागि राहत लिन जाने क्रममा थियो। 

जापानो हनेडा एयरपोर्टको धावनमार्गमा दुई विमान जुध्दा लागेको आगो तीन घण्टा हुन लाग्दा पनि नियन्त्रणमा आउन सकेको छैन।

जापान एयरलाइन्सको जहाज जलेर पूरै ध्वस्त भएको छ। त्यसको भग्नवाशेषबाट अझै पनि आगोको लप्का निस्किरहेको छ।

आगोका कारण यो विशाल विमान जलेर पूरै खरानीमा परिणत भएको छ। यसको धुँवाले विमानस्थल क्षेत्रको आकाश ढाकेको छ। विमानस्थलमा पुगेका दर्जनौँ दमकलले आगो निभाउने कोसिस पनि विफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .