ad ad

ग्लोबल


दक्षिण अफ्रिकामा भिषण बाढी : ७ को मृत्यु, ११ बेपत्ता

दक्षिण अफ्रिकामा भिषण बाढी : ७ को मृत्यु, ११ बेपत्ता

नेपालखबर
पुस ११, २०८० बुधबार १०:५४, काठमाडौँ

दक्षिण अफ्रिकाको एक प्रान्तमा आएको बाढीका कारण सात जनाको मृत्यु भएको छ। 

बाढीले बगाउँदा ११ जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन्। बेपत्ताहरूको खोजीमा उद्धारकर्मीहरू खटिएका छन्। तर, मुसलधारे वर्षा नरोकिएकाले समस्या भइरहेको अधिकारीहरुले बताएका छन्।

क्वाजुलु नटाल प्रान्तको लेडिस्मिथ जिल्लामा १० मिटर (३३ फिट) सम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र कारहरू बगाएको उद्धारकर्मीहरूले बताएका छन् । प्रान्तीय अधिकारीहरूले छ जनाको मृत्यु र १० जना बेपत्ता भएको पुष्टि गरेका छन्। 

त्यस्तै दक्षिणमा मान्डेनीमा नदीमा आएको बाढीले तीन जनालाई बगाएको छ । आठ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको र अन्य एक जना हराएको आइपिएसएस उद्धार संस्थाले जनाएको छ। 

डर्बनदेखि दुई सय ३० किलोमिटर उत्तरपश्चिममा रहेको लेडिस्मिथमा वर्षाका कारण शवहरूको खोजीमा व्यवधान भएको छ । उक्त स्थानमा आइतबार मुसलधारे वर्षा भएको थियो। 

आइपिएसएसका टोली नेता टेरेजा भ्यान डेन बर्गले १० मिटर गहिरो स्थानमा धारले क्याराभान पार्कमा क्षति पुर्याएको र पुल पार गर्ने सवारी साधनलाई बगाएको जानकारी दिए। ‘कसैलाई केही जोगाउने मौका भएन’, उनले भने। केही कार तीन किलोमिटर तल फेला परेका थिए। 

नौ यात्रु बोकेको एउटा मिनिबसमा तीन वटा शव फेला परेको छ । अन्य छ जना अहिले पनि बेपत्ता छन् । एउटा शव सम्पूर्णरूपमा क्षति भएको घरमा फेला परेको थियो भने घरभित्र रहेका अन्य दुई अझै बेपत्ता छन्।

बेलस्प्रुट नदीमा आएको बाढीका कारण कारमा फसेका कम्तीमा दुईको ज्यान गएको छ। मङ्गलबार सम्पूर्ण प्रान्तमा अझ भयानक आँधी आउने अनुमान गरिएको छ। 

क्वाजुलु नटाल वैश्विक तापक्रममा भएको वृद्धिका कारण बाढी र मौसमी प्रकोपको चपेटामा परेको छ । सन् २०२२ अप्रिलमा प्रान्तको मुख्य सहर डर्बनमा आएको ठूलो आँधीपछिको बाढी र पहिरोमा परी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .