भारतको कश्मिरस्थित बारामुलामा आइतबार चरमपन्थीको समूहले अवकाश प्राप्त एक जना एसएपीलाई गोली हानेर हत्या गरेका छन्।
पुलिसका अनुसार मारिएका ७२ वर्षीय मोहम्मद शफी मिर आफ्नो घरनजिकै मस्जिदमा अजान पढिरहेका थिए। त्यहीबेला उनीमाथि गोली हानिएको हो।
बारामुला जिल्लाको गन्तमुला गाउँनिवासी मोहम्मद शफी मिर जम्मु-कश्मिरका वरिष्ठ पुलिस अधिक्षक (एसएसपी) का रुपमा काम गरेका व्यक्ति हुन्।
गोली लागेपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो। जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे।
घटनापछि सुरक्षा बलले घेराबन्दी गरेर सन्दिग्ध चरमपन्थीको खोजी थालेका छन्।
पछिल्लो दुई महिनायता चरमपन्थीले दुईजना प्रहरी अधिकारीको हत्या गरेका छन्।
177
Shares

प्रतिक्रिया