ad ad

ग्लोबल


नगरेको हत्याका लागि ४८ वर्ष जेल बसे, अहिले आएर अदालतले दियो सफाइ

नगरेको हत्याका लागि ४८ वर्ष जेल बसे, अहिले आएर अदालतले दियो सफाइ

नेपालखबर
पुस ५, २०८० बिहिबार १५:१७,

अमेरिकाको ओक्लाहामा राज्यका एक न्यायधीशले हत्या अभियोग ४८ वर्ष जेलमा बिताएका एक व्यक्तिलाई निर्दोष ठहर गरेका छन्। 

७० वर्षीय ग्लिन सिम्मन्स गत जुलाईमा जेलमुक्त भएका थिए। उनको प्रतिरक्षामा उभिएका वकिललाई एकदमै महत्वपूर्ण प्रमाण उपलब्ध नगराइएको फेला परेपछि उनलाई मुक्त गरिएको थियो।

अमेरिकामा न्यायिक त्रुटिका कारण सबैभन्दा लामो समय जेल बस्ने व्यक्ति बनेका छन् उनी।

मंगलबार न्यायाधीश एमी पालुम्बोले उनलाई निर्दोष ठहर गरेकी हुन्।

‘जुन अपराधका लागि सिम्मन्सलाई दोषी ठहर गरेर सजाय दिइएको थियो र जेलमा राखिएको थियो, त्यो अपराध उनले नगरेको स्पष्ट प्रमाण यो अदालतले फेला पारेको छ,’ न्यायाधीशले फैसलामा भनेकी छन्।

१९७४ मा रक्सी पसल लुटपाटका क्रममा क्यारोलिन स्यु रोजर्स नामक महिलाको हत्याका लागि सिम्मन्सलाई ४८ वर्ष एक महिना १८ दिन जेलमा राखिएको थियो।

सिम्मन्सलाई १९७५ मा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाउँदा उनी २२ वर्षका थिए। उनीसँगैका अर्का आरोपित डन रोबर्ट्सलाई पनि सोही सजाय सुनाइएको थियो। 

पछि सो सजायलाई जन्मकैदमा झारिएको थियो। 

रोबर्टस् २००८ मा छुटेका थिए।

हत्याको समयमा आफू लुजियानास्थित घरमा रहेको उनको भनाइ थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .