ad ad

ग्लोबल


इराकमा दशकपछि प्रान्तीय निर्वाचन सम्पन्न

इराकमा दशकपछि प्रान्तीय निर्वाचन सम्पन्न

नेपालखबर
पुस ४, २०८० बुधबार १२:२३,

राजनीतिक मतभेदमा गुज्रिएको इराकमा १० वर्षपछि निर्वाचन भएको छ।

देशका १८ प्रान्तमध्ये १५ वटामा प्रादेशिक निर्वाचन सम्पन्न भएको हो। बगदाद र अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्त बाहेक अरू सबै प्रान्तमा निर्वाचन भएको सम्पन्न भएको अधिकारीहरूले बताएका छन्।

निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको थियो। मतदानका लागि ७ हजार १६६ मतदान केन्द्र सञ्चालनमा ल्याइएको थियो।

इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्कअनुसार दुई दिनअघि प्रारम्भिक मतदानमा मतदान गरेका सुरक्षाकर्मी र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू सहित करिब १ करोड ६० लाख मानिस मतदान गर्न योग्य थिए।

गएको शनिबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी प्रारम्भिक मतदानमा ६७ प्रतिशत सहभागी भएको बताएको थियो। सुरक्षा बल र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको लागि निर्धारित प्रारम्भिक मतदानमा १० लाख ५० हजार ६५३ योग्य मतदाताहरूमध्ये ७ लाख ६ हजार १०५ जना मतदानमा सहभागी भएका हुन्।

२ सय ८५ सिटका लागि चुनावी प्रतिष्पर्धामा रहेका ५ हजार ९०१ उम्मेदवारबाट मतदाताले प्रादेशिक परिषद्का लागि नयाँ सदस्य चयन गर्ने अपेक्षा गरिएको छ। इराकमा पछिल्लो प्रान्तीय निर्वाचन अप्रिल २०१३ मा भएको थियो। -सिन्ह्वा/नान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .