ad ad

ग्लोबल


लाल सागरमा हुथी विद्रोहीको अवरोधपछि तेलको भाउ बढ्ने चिन्ता

अमेरिकाले घोषणा गर्‍यो बहुराष्ट्रिय सुरक्षा पहल
लाल सागरमा हुथी विद्रोहीको अवरोधपछि तेलको भाउ बढ्ने चिन्ता

नेपालखबर
पुस ३, २०८० मंगलबार १५:१७,

हमास लडाकुहरुसँग ऐक्यबद्धता जनाउँदै यमनका हुथी विद्रोहीले लाल सागरमा व्यापारिक जहाजहरुमा आक्रमण गर्न थालेपछि तेल र अन्य वस्तुको मूल्य बढ्नसक्ने बताइएको छ।

सो मार्ग हुँदै जहाज चलाउने कयौँ कम्पनीले काम रोकेका छन्। कम्तीमा १२ सिपिङ कम्पनी पछि हटेका छन्।

लाल सागरलाई स्वेज नहर हुँदै भूमध्ये सागरमा जोड्ने यो मार्गबाट विश्वको १२ प्रतिशत व्यापार हुने गर्छन्। जहाजी कन्टेनरमध्ये ३० प्रतिशत यही मार्गबाट पार हुन्छन्।

खासगरी तेल र तरल ग्यास ढुवानीका लागि यो मार्ग विश्वकै सबैभन्दा महत्वपूर्ण बाटो मानिन्छ।

यसबाट युरोपेली मुलुकहरुमा दबाब बढेको छ। बेलायत, जर्मनी, फ्रान्सलगायत मुलुकले गाजामा युद्धविराम हुनुपर्ने आवाज उठाउन थालेका छन्।

जहाजमाथिको आक्रमण रोक्न अमेरिकाले १० मुलुक सम्मिलित सुरक्षा योजना अघि सारेको छ।

अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले सोमबार सो घोषणा गरेका हुन्। जसमा बहराइन, क्यानडा, फ्रान्स, इटली, सेसेल्स, बेलायतलगायतका मुलुक सहभागी छन्।

इरानसमर्थित हुथी विद्रोहीले पछिल्लो समय सो मार्गबाट चल्ने जहाजहरुमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण बढाएका छन्। सोमबार मात्र नर्वेको एक जहाजमा उनीहरुले ड्रोन आक्रमण गरेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .