ग्लोबल


वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा ५ जना  प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा ५ जना  प्यालेस्टाइनीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
पुस २, २०८० सोमबार १०:१६, काठमाडौँ

इजरायली आक्रमणमा परी उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको विज्ञप्तिमा जनाइए अनुसार नुर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट चोटपटक लागेर मृत्यु भएको छ। 

स्थानीय प्यालेस्टिनी स्रोतहरूका अनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दश घण्टा लामो सैन्य अभियान शुरु गरेको थियो। सो अभियानमा प्यालेस्टिनी लडाकुहरू बीच झडप भएको थियो। 

त्यहाँ इजरायली गाडीहरूलाई लक्षित गर्दै घरेलु बम विस्फोट गराइएको छ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै तुल्कारम नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य कारबाहीका क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको जनाएको छ।

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाको आक्रमणबाट वेस्ट बैंकमा कम्तिमा २९६ प्यालेस्टिनी मारिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad