ग्लोबल


यी तीन इजरायली युवक, जो आफ्नै सेनाबाट मारिए

यी तीन इजरायली युवक, जो आफ्नै सेनाबाट मारिए

बायाँबाट क्रमश: एलोन शमरिज, योटाम हाइम र समीर तलल्का।


नेपालखबर
मंसिर ३०, २०८० शनिबार ७:५८, काठमाडौँ

इजरायलले गाजामा जारी कारबाहीका क्रममा भूलवश आफ्नै तीन नागरिकको हत्या हुन पुगेको जनाएको छ ।

हमासले बन्धक बनाएका इजरायली नागरिकहरू २८ वर्षीय योटाम हाइम, २२ वर्षीय समीर तलल्का र २६ वर्षीय एलोन शमरिजलाई गल्तीले ‘खतरा’ ठान्न पुग्दा मारिएको इजरायली सेनाले जनाएको छ।

बीबीसीको समाचारअनुसार इजरायली सेनाले यस घटनाप्रति दुःख व्यक्त गर्दै गाजाको उत्तरमा रहेको शेजैयामा तीनै जनालाई सैनिकले गोली हानेको बताएको छ।

यी तीनै शवलाई इजरायल ल्याइएको छ, जहाँ उनीहरूको पहिचान भएको हो।

इजरायली सेना (आईडीएफ) ले शुक्रबार भएको उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

यस दु:खद घटनाप्रति इजरायली सेनाले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेको छ।

इजरायलको सेनाले भनेको छ- हाम्रो राष्ट्रिय मिशन बेपत्ताको खोजी गर्नु र सबै बन्धकलाई फिर्ता ल्याउनु हो।

गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा गाजा लगिएका बन्धकमध्ये अझै सयभन्दा बढी छन्।

यसबीच भएको सातदिने युद्धविरामका क्रममा केही बन्धकलाई  भने रिहा गरिएको थियो। जसमा नेपाली विद्यार्थी विपिन जोशी पर्न सकेनन्। 

उनको रिहाइका लागि पहल  जारी रहेको सरकारले बताइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .