ग्लोबल


पोल्यान्डको प्रधानमन्त्रीमा टस्कले लिए शपथ, ९ वर्षपछि पुनरागमन

पोल्यान्डको प्रधानमन्त्रीमा टस्कले लिए शपथ, ९ वर्षपछि पुनरागमन

नेपालखबर
मंसिर २८, २०८० बिहिबार ११:५४,

डोनाल्ड टस्कले पोल्यान्डको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्।

टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ लिएका हुन्।

टस्कलाई सोमबार संसद्को तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो।

शपथ ग्रहणपछि राष्ट्रपति एन्ड्रेज डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्री टस्कसहित उपप्रधान तथा रक्षामन्त्री ब्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधान तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन्।

त्यस्तै, कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन्। पूर्व लोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन्।

मंगलबार संसद्मा गरेको प्रमुख नीतिगत भाषणमा टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको विवादका कारण युरोपेली संघबाट रोकिएको ५९.८ बिलियन युरो (६४.५ बिलियन अमेरिकी डलर) अनुदान र ऋण खुलाउने प्रतिबद्धता गरे।

६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्यान्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसकेका छन्। -सिन्ह्वा/नान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad