अस्ट्रेलियाका सरकारले दुई वर्षभित्र आफ्नो मुलुकले लिँदै आएको आप्रवासीको संख्या कटौती गरेर आधा पार्ने बताएको छ। मुलुकको आप्रवासन प्रणाली सुधार गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो।
अस्ट्रेलिया प्रवेश गर्ने आप्रवासीको संख्या वार्षिक २ लाख ५० हजार झार्ने सरकारको योजना छ। यो जुन २०२५ सम्ममा लागू गर्ने सरकारको भनाइ छ। गत जुनसम्मको एक वर्षमा अस्ट्रेलियामा ५ लाख १० हजार आप्रवासी आएका थिए।
विदेशी विद्यार्थी र कम दक्षता भएका कामदारका लागि भिसाको नियम पनि कडाइ गर्ने भएको छ।
बढ्दो आप्रवासी संख्याका कारण अस्ट्रेलियामा हाउजिङ तथा पूर्वाधार क्षेत्रमा दबाब बढेको छ।
तर, दक्ष कामदारको अभाव भने कायम छ।
नयाँ दस वर्षे आप्रवासन रणनीति सार्वजनिक गर्दै सोमबार गृहमन्त्री क्लेयर ओनिलले अघिल्लो सरकारले आप्रवासन प्रणाली अस्तव्यस्त बनाएको बताइन्।
आप्रवासी संख्या घटाउन अंग्रेजी भाषाको परीक्षामा कटौती गरिनेछ। त्यस्तै, दोस्रो पटक भिसा आवेदन दिनेहरुको छानबिनमा पनि कडाइ गरिनेछ। एजेन्सी
Shares

प्रतिक्रिया