ad ad

ग्लोबल


भारतमा ‘राम-राम’ भनेर विद्यार्थीले गरेको नमस्कार नफर्काउँदा विद्यालयबाट निकालिए शिक्षक

भारतमा ‘राम-राम’ भनेर विद्यार्थीले गरेको नमस्कार नफर्काउँदा विद्यालयबाट निकालिए शिक्षक

विद्यालयबाहिर हिन्दुवादीले गरेको विरोध प्रदर्शन।


नेपालखबर
मंसिर २४, २०८० आइतबार १५:४६, काठमाडौँ

भारतको पश्चिम उत्तर प्रदेशको हाथरस जिल्लास्थित एक निजी विद्यालयमा एक विद्यार्थीले ‘राम–राम’ भनेर नमस्कार गर्दा गाली गरेको विवादमा एक शिक्षकलाई कामबाट निकालिएको छ। 

बीबीसी हिन्दीका अनुसार सीमा मन्सुर पब्लिक स्कुलका एक बच्चाले शिक्षक शिक्षक मोहम्मद अदनानलाई राम–राम भनेर नमस्कार गरेका थिए, तर त्यसको जवाफ दिनुको साटो उनले बच्चालाई गाली गरेपछि विवाद भएको हो। 

विरोधमा हिन्दूवादी संगठनले शनिबार स्कुलबाहिर प्रदर्शन गरेपछि शिक्षक अदनानलाई निलम्बन गरिएको हो। जिल्ला प्रशासनले घटनाको छानबिन गर्न समिति पनि गठन गरेको छ। 

विद्यालय व्यवस्थापन पक्षले भने धर्मका आधारमा विद्यार्थीलाई भेदभाव गरिएको भन्ने आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ। तर, प्रधानाध्यापक सलमान किदवईले विवादपछि सम्बन्धित शिक्षकलाई हटाइएको बताएका छन्। 

विद्यालय बाहिर जय श्रीरामको नारासमेत लगाइएको थियो। प्रदर्शनमा बजरंग दलका स्थानीय कार्यकर्ताको समेत सहभागिता थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .