ad ad

ग्लोबल


हमासको क्रुरतालाई उचित भन्न सकिँदैन : महासचिव गुटेरेस

हमासको क्रुरतालाई उचित भन्न सकिँदैन : महासचिव गुटेरेस

नेपालखबर
मंसिर २३, २०८० शनिबार ६:१०, काठमाडौँ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हमासले प्यालेस्टिनीहरुमाथि गरेको क्रुरतापूर्ण सामूहिक सजायलाई कसैले पनि जायज ठहराउन नसक्ने बताएका छन्। 

इजराइलले गाजापट्टीमा हमासविरुद्धको कारबाहीलाई जोड दिइरहेको बेला गुटेरेसको यस्तो भनाइ आएको हो। 

हमास सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार अधिकांश महिला र बालबालिकासहित १७ हजार एक सय ७० जनाको मृत्यु भएको छ। गाजामा हत्याको क्रम नरोकिएपछि महासचिव गुटेरेसले राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्।

‘गाजामा अझै पनि करिब एक सय ३० जनलाई बन्धक बनाइएको छ। म उनीहरूको तत्काल र बिनासर्त रिहाइको माग गर्दछु। साथै उनीहरू रिहाइ नभएसम्म रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट उनीहरूको मानवीय व्यवहार र भेटघाटका लागि माग गर्दछु’, बैठकमा उनले भने, ‘हमासद्वारा गरिएको क्रुरताले कहिले पनि प्यालेस्टिनीहरूमाथिको सामूहिक सजायलाई जायज ठहराउन सक्तैन।’

अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासले अचानक हमला गरेपछि सुरु भएको युद्धमा इजराइलले इस्लामिक आन्दोलनलाई नष्ट गर्ने वाचा गर्दै गाजामाथि लगातार बमबारी गरिरहेको छ। 

गाजामा उनले ट्याङ्क तथा स्थल सेना पठाएको छ। इजराइलका अनुसार हमासले हमला गरेर करिब एक हजार दुई सय नागरिकको मारेको छ भने एक सय ३८ जनालाई बन्धक बनाएको छ। 

‘म त्यो हमलाको स्वयं मनैदेखि निन्दा गर्दछु, यौन हिंसाको रिपोर्टबाट म स्तब्ध भएको छु’, महासचिव गुटेरेसले भने, ‘३३ बालबालिकासहित करिब एक हजार दुई सय जनालाई जानीजानी मार्नु, हजारौँ मानिसलाई घाइते बनाउनु र सयौँलाई बन्धक बनाउनुको कुनै औचित्य छैन।’

अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको अवस्थालाई खतरामा राख्न सक्ने भन्दै उनले परिषद्को ध्यानाकर्षण गराउनका लागि विरलै प्रयोग गरिने संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ लाई प्रयोग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .