ad ad

ग्लोबल


गाजा युद्धमा ज्यादती भएपछि इजरायलको आलोचनामा उत्रियो अमेरिका

गाजा युद्धमा ज्यादती भएपछि इजरायलको आलोचनामा उत्रियो अमेरिका

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १३:२३, काठमाडौँ

अमेरिकाले गाजा क्षेत्रमा जारी युद्धमा इजरायलको व्यवहारलाई लिएर आलोचना गरेको छ।

आफ्नो समर्थनमा हमासविरुद्ध युद्धमा होमिएको इजरायले गाजा क्षेत्रका सर्वसाधारणमाथि ज्यादती गरेपछि अमेरिका आलोचनामा उत्रिएको हो।

गाजा युद्धमा इजरायलको तौर तरिकाको सार्वजनिक रुपमै आलोचना गरेको हो। 

अमेरिकाले युद्धका क्रममा सर्वसाधारणको सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता इजरायलले पालना नगरेको जनाएको छ। इजरायलले युद्धका क्रममा सर्वसाधारणको सुरक्षाका कुनै काम नगरेको भन्दै उसको प्रतिबद्धतामा पनि प्रश्न उठाएको हो।

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकेनले वासिङ्टनमा एक पत्रकार सम्मेलनका क्रममा युद्धका क्रममा सुरक्षित स्थानबारे इजरायलले सर्वसाधारणलाई कुनै सूचना नदिएको जनाएका छन्। 

उनले युद्धमा भाग नलिएका सर्वसाधारणका लागि खाना-पानी जस्ता अतिआवश्यकीय वस्तुको आपूर्तिमा कुनै अवरोध गर्न नहुने पनि बताए। 

व्हाइट हाउसको तर्फबाट जारी वक्तव्यमा राष्ट्रपति बाइडनले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग यसबारे फोनमा कुरा गरेको जनाएको छ। उक्त संवादमा बाइडेनले सर्वसाधारणको सुरक्षा ग्यारेन्टी नेतन्याहुसँग मागेका थिए।

उता इजरायलले भने युद्धका क्रममा आममानिसको जिउधनमा भइरहेको क्षति रोक्न आफूले आवश्यक कमद चालिरहेको जिकिर गरेको छ।

उता हमासले भने इजरायलको सैन्य कारबाहीमा गाजा क्षेत्रमा अहिलेसम्म १७ हजारभन्दा धेरै सर्वसाधारण मारिएको जनाएको छ। जसमा महिला र बालबालिकाको संख्या अत्यधिक रहेको हमासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .