ad ad

ग्लोबल


सोमालियाली सेनाको कारबाहीमा अल–शबाबका ६० लडाकुको मृत्यु

सोमालियाली सेनाको कारबाहीमा अल–शबाबका ६० लडाकुको मृत्यु

नेपालखबर
मंसिर १७, २०८० आइतबार २०:४३, काठमाडौँ

सोमालियाको मध्य भागमा पर्ने हल्गान शहरनजिकै आइतबार बिहान सोमालियाली राष्ट्रिय सेनाले गरेको संयुक्त कारबाहीमा ६० जना अल–शबाब लडाकु मारिएका छन्। झडपमा कैयौँ घाइते भएका छन्। 

सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मध्य सोमालियाको क्षेत्रमा आक्रमण गर्न पुनः समूहबद्ध भएका अल–शबाब लडाकु र उनीहरूका कमान्डरलाई लक्षित गरी उक्त कारबाही गरिएको हो।’

मन्त्रालयले भनेको छ, ‘सोमालियाली सेना र अन्तर्राष्ट्रिय साझेदारहरूले त्यस क्षेत्रमा धेरै आतङ्कवादी अखडा र हतियारहरू पनि नष्ट गरेका छन्। सेनाले अझै पनि घटनास्थलबाट भागेका आतङ्ककारीहरूको खोजी गरिरहेको छ।’

अल–शबाब समूहले पछिल्लो सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन।   सोमालियास्थित अफ्रिकी सङ्घ मिसनको सहयोगमा सोमालियाली सरकारी सेनाले सन् २०११ मा अल–शबाबलाई मोगादिशुबाट लखेटेको थियो। 

यद्यपि, आतङ्कवादी समूह अझै पनि सरकारी प्रतिष्ठान, होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थललाई लक्षित गरी आक्रमण गर्न सक्षम छ। (रासस÷एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .