ग्लोबल


डिसेम्बर १ देखि भारत र चीनका नागरिक भिसाबिनै छिर्न र ३० दिनसम्म बस्न पाउने देश

डिसेम्बर १ देखि भारत र चीनका नागरिक भिसाबिनै छिर्न र ३० दिनसम्म बस्न पाउने देश

नेपालखबर
मंसिर ११, २०८० सोमबार ९:४९, काठमाडौँ

मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ। 

यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आइतबार राति पिपुल्स जस्टिस पार्टी कंग्रेसलाई दिएको सम्बोधनमा उक्त घोषणा गरेका हुन्। तर, यो नियम कहिलेसम्म लागू हुन्छ, उनले खुलाएनन्।

सरकारी तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुनसम्म मलेसियामा ९० लाख १६ हजार पर्यटक आएका थिए, जसमध्ये झण्डै ४ लाख ९८ हजार चीन र २ लाख ८४ हजार भारत नागरिक थिए। 

तर, महामारीअघि २०१९ को सोही अवधिमा चीनबाट १५ लाख र भारतबाट ३ लाख ५४ हजार मानिस मलेसिया गएका थिए।
अब मलेसियाले पर्यटकको संख्या बढाउन यो निर्णय गरेको हो।

सोही वर्ष थाइल्यान्डले पनि पर्यटन प्रवर्द्धनका लागि भारत र चीनका नागरिकलाई भिसा फ्रि इन्ट्री सुरु गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .