कंगोमा चुनावी अभियान सुरु भएको छ।
यही वर्षको २० डिसेम्बरका लागि निर्धारित राष्ट्रपति, विधायिका र स्थानीय चुनावको लागि अभियान सुरु भएको हो।
आइतबारबाट आधिकारिक रूपमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा चुनावी अभियान सुरु भएको हो।
राष्ट्रपतिको निर्वाचनका लागि स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोग (सीईएनआई) द्वारा राष्ट्रपति फेलिक्स सिसेकेडी सहित २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रपति फेलिक्स सिसेकेडीले आइतबारबाट चुनावी अभियान सुरु गरिसकेका छन्। -सिन्ह्वा
18
Shares
प्रतिक्रिया