इरानीहरूले युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टिनीहरूलाई समर्थन गर्न र तिनीहरूविरुद्ध इजरायलको आक्रमणको निन्दा गर्न देशभर जुलुस निकालेका छन्।
इरानको राजधानी तेहरानका साथै ताब्रिज, शिराज, इस्फाहान, रश्त, बुशेहर, अराक र काज्विनलगायत अन्य सहरमा र्याली निकालिएको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।
तेहरानमा भएको र्यालीमा प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलको विरुद्धमा नारा लगाएका थिए भने गाजाका प्यालेस्टिनी र बालबालिकाहरूलाई समर्थन जनाएका थिए।
तेहरानमा भएको र्यालीमा प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरलगायत उच्च पदस्थ इरानी अधिकारीहरूले भाग लिएका थिए।
15
Shares
प्रतिक्रिया