चीनको विशाल पाण्डा राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा भेटिएको छ।
हालै, दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा २०२३ मा विशाल पाण्डा राष्ट्रिय निकुञ्जको चेङ्दु क्षेत्रको लागि क्षेत्र सर्वेक्षणको दुई चरण पूरा भएको थियो। सर्वेक्षण प्रक्रियाका क्रममा ४८ ग्रिडमा रहेका ७६ क्यामेराबाट डाटा संकलन गरिएको थियो।
आधिकारिक रूपमा जारी गरिएको भिडियोहरू दाई क्षेत्रमा इन्फ्रारेड क्यामेराहरूद्वारा खिचिएका थिए। जसमा हिउँ चितुवाका स्पष्ट तस्बिरहरू फेला परेको बताइएको छ। विशाल पाण्डाहरू मुख्यतया करिब २ हजार मिटरको उचाइमा मध्य–तल्लो पहाडी वन इकोसिस्टममा बस्छन्।
हिउँ चितुवाहरू मुख्यतया ३५ सय मिटरभन्दा माथिको उच्च–उचाइको इकोसिस्टममा बस्छन्।
दक्षिणपश्चिमी पहाडी क्षेत्र र छिङहाइ–तिब्बत पठार हाल चीनका दुई क्षेत्रहरू छन्।
339
Shares
प्रतिक्रिया