ad ad

ग्लोबल


‘अमेरिकाको दबाबपछि’ हरेक दिन गाजामा दुई ट्रक इन्धन लान दिन इजरायल तयार

‘अमेरिकाको दबाबपछि’ हरेक दिन गाजामा दुई ट्रक इन्धन लान दिन इजरायल तयार

नेपालखबर
मंसिर २, २०८० शनिबार ८:५३, काठमाडौँ

इजरायलले गाजामा हरेक दिन दुई ट्रकसम्म इन्धन लान अनुमति दिने बताएको छ।

अमेरिकाको दबाबपछि इजरायलले उक्त निर्णय गरेको बीबीसीले जनाएको छ। 

अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले गाजामा हरेक दिन १ लाख ४० हजार लिटर इन्धन आपूर्ति गर्न अनुमति दिइने बताएका छन्।

उक्त इन्धन यही पुर्‍याउने ट्रक र संयुक्त राष्ट्र संघद्वारा सञ्चालित राहत कार्यमा प्रयोग गरिने बताइएको छ।

बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ। इन्धन अभावका कारण हाल यी सेवा ठप्प छन्।

प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेको संयुक्त राष्ट्रसंघीय निकायले त्यहाँ आधारभूत मानवीय सहायता कार्यका लागि दैनिक १ लाख ६० हजार लिटर इन्धन आवश्यक पर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .