ad ad

ग्लोबल


तीन सातामा तेस्रो पटक इजरायल पुगे ब्लिन्केन, सर्वसाधारणलाई भइरहेको हानि कम गर्न आग्रह

तीन सातामा तेस्रो पटक इजरायल पुगे ब्लिन्केन, सर्वसाधारणलाई भइरहेको हानि कम गर्न आग्रह

इजरायली राष्ट्रपति हेरजोगका साथ ब्लिन्केन


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १८:१३,

इजरायलले गाजामा भीषण बमबारी गरिरहँदा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन्। उनले प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र राष्ट्रपति आइज्याक हेरजोगसँग भेट गरेका छन्।

ब्लिन्केनले इजरायली नेताहरुसँग गाजामा मानवीय क्षति कम गर्न आह्वान गरेका छन्। इजरायलले गाजामा नरसंहार मच्चाइरहेको र अमेरिका मूकदर्शक बनेको भन्दै विश्वव्यापी आलोचना भइरहेका बेला ब्लिन्केन इजरायल पुगेका हुन्।

अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेयता ब्लिन्केनको यो तेस्रो इजरायल भ्रमण हो।

‘हामी दृढतापूर्वक इजरायलको पक्षमा उभिएका छौँ। आफ्नो रक्षा गर्ने अधिकार र कर्तव्य इजरायलको हो,’ ब्लिन्केनले भने, ‘तर, यो काम इजरायलले कसरी गर्छ, त्यसको अर्थ छ।’्

यसअघि ब्लिन्केन हमासको आक्रमणको केही दिनपछि इजरायल पुगेका थिए। त्यसबेला उनले सो क्षेत्रका अनेकौँ मुलुक भ्रमण गरेका थिए।

अक्टोबर १८ मा पनि उनले राष्ट्रपति जो बाइडेनको साथमा इजरायल भ्रमण गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .