इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको सम्भावनालाई नकार्दै बरु यो युद्धको समय भएको बताएका छन्।
इजरायलको तेल अभिभमा उनले भने, ‘जसरी अमेरिका पर्ल हार्बरमा बम विस्फोट वा ९/११ आक्रमणपछि युद्धविरामको लागि तयार भएन, त्यसैगरी इजरायल पनि अक्टोबर ७ को आक्रमणपछि हमाससँग युद्धविराम गर्न राजी छैन।’
भिडिओ-
Statement by Prime Minister Benjamin Netanyahu to the Foreign Media:
यही अक्टोबर ७ तारिखका दिन प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा एक्कासि आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले अगाडि भने, ‘युद्धविरामका लागि आग्रह गर्नु भनेको इजरायललाई हमास, आतंकवादलाई आत्मसमर्पण गर्न भन्नुजस्तै हो।’
उनले बाइबलमा शान्तिको समय र युद्धको समय हुने बताइएको उल्लेख गर्दै उनले थपे, ‘त्यसैले यो युद्धको समय हो। यो युद्ध हाम्रो साझा भविष्यका लागि हो।’
इजरायलमा हमासले अक्टोबर ७ मा आक्रमण गर्दा १ हजार ४ सय मानिस मारिएका थिए भने त्यसयता इजरायलले गाजामा जारी राखेको बमबारीमा अहिलेसम्म ८ हजारभन्दा बढी मानिसको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया