ad ad

ग्लोबल


वेस्ट बैंकमा पनि छिरे इजरायली सेनाका ट्यांक, प्यालेस्टिनीले गरे ढुंगामुढा

वेस्ट बैंकमा पनि छिरे इजरायली सेनाका ट्यांक, प्यालेस्टिनीले गरे ढुंगामुढा

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १५:५, काठमाडौँ

इजरायल–हमास युद्ध जारी रहेको आज २४औँ दिन हो।

यसैबीच इजरायली सेनाका ट्यांक वेस्ट बैंकको जेनिन क्षेत्रमा पनि प्रवेश गरेका छन्। ती ट्यांकमा प्यालेस्टिनीहरूले ढुंगामुढा गरेका छन्। 

यसै क्रममा टाइम्स अफ इजरायलको रिपोर्टअनुसार जेनिन ब्रिगेडका प्रमुख वाइम अल हानौन इजरायली हवाई हमलामा मारिएका छन्।

अर्कातर्फ इजरायली सेनाले गाजामा आफ्नो भूमिगत घुसपैठ बढाएको छ। इजरायल डिफेन्स फोर्सका सिपाहीहरूले आइतबारको आक्रमणपछि गाजामा आफ्नो झण्डा फहराएका छन्। 

गाजामा मानिसहरूले टर्च बालेर भग्नावशेषमा आफ्ना प्रियजन र हराएका आफन्तको शव खोजिरहेका छन्।

डाक्टरहरुले पनि अन्धकारमा उपचार गरिरहेका छन्। युद्ध सुरु भएपछि अक्टोबर १० मा इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गरेको थियो। त्यसयता त्यहाँका नागरिक अन्धकारमा बाँचिरहेका छन्। अस्पतालमा पनि बिजुली छैन। उपचारमा कठिनाइ भइरहेको छ। 

यसैबीच अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले युद्धका लागि इजरायल वा गाजामा आफ्ना सेना नपठाउने बताएकी छन्।

टाइम्स अफ इजरायलका अनुसार इजरायली सीमानजिकै उत्तरी गाजाको इरेज सहरमा इजरायली सेना र हमास लडाकुहरूबीच झडप भएको छ। यी लडाकु सुरुङबाट बाहिर निस्केर सैनिकहरूलाई आक्रमण गरेका थिए। इजरायली सेनाले यहाँ धेरै लडाकुलाई मारिएको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .