ad ad

ग्लोबल


इजरायल–हमास द्वन्द्व : गाजामा ४० प्रतिशतभन्दा बढी बालबालिका मारिए– डब्लूएचओ

इजरायल–हमास द्वन्द्व : गाजामा ४० प्रतिशतभन्दा बढी बालबालिका मारिए– डब्लूएचओ

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १९:२२, काठमाडौँ

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले इजरायल–हमास द्वन्द्वमा गाजाभित्र ७ हजार २८ जनाको मृत्यु भएको बताएको छ। 

मृत्यु हुनेमा ४० प्रतिशतभन्दा बढी बालबालिका रहेको संगठनले जनाएको छ। 

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै १८ हजार ४८२ जना घाइते भएका जसमध्ये ठूलो हिस्सा बालबालिका रहेको डब्लुएचओले उल्लेख गरेको छ। 

त्यस्तै, गाजाका १ हजार मानिसलाई डायलासिसको आवश्यकता रहेको डब्लूएचओले बताएको छ।

डब्ल्यूएचओका एक अधिकारीले भनेका छन्, ‘गम्भीर घाइते बिरामीहरूलाई एनेस्थेसियाविना उपचार भइरहेको छ। र जताततै बालबालिकाको मृत्यु र लासहरू देखिन्छन्।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .