ad ad

ग्लोबल


अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीद्वारा १६ जनाको हत्या

अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीद्वारा १६ जनाको हत्या

बन्दुकधारीले यो कार प्रयोग गरेको प्रहरीले जनाएको छ। तस्बिर : बीबीसी


नेपालखबर
कात्तिक ९, २०८० बिहिबार ८:३१, काठमाडौँ

अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। सो घटनामा परी अन्य ५० जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। 

बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ। यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन। 

प्रहरीले सर्वसाधारणलाई आफू रहेकै ठाउँमा सतर्क भएर बस्न समेत आग्रह गरेको छ। 

उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि जारी गरेको बताएको छ। 

सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको बीबीसीले बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .