ad ad

ग्लोबल


हमासले गर्‍यो थप दुई बन्धकलाई रिहा, दुवै इजरायली महिला

हमासले  गर्‍यो थप दुई बन्धकलाई रिहा, दुवै इजरायली महिला

नेपालखबर
कात्तिक ७, २०८० मंगलबार ८:३३, काठमाडौँ

प्यालेस्टिनी लडाकु समूह हमासले थप दुईजना बन्धकलाई रिहा गरेको छ। उनीहरू दुवै इजरायली महिला हुन्।

यसअघि हमासले अमेरिकी आमा–छोरीलाई रिहा गरेको थियो। 

मंगलबार बिहान रिहा गरिएका दुई महिला हुन्– ७९ वर्षीया नुरिट कुपर र ८५ वर्षीया योचेभ लिफसिट्ज। उनीहरूलाई उपचारका लागि इजरायलको तेल अभिभ  ल्याइएको बीबीसीले जनाएको छ। 

हमासले यी दुई महिलालाई ‘मानवीय’ र स्वास्थ्य कारणले रिहा गरिएको बताएको छ।

बन्धकहरूको रिहाइका लागि मध्यस्थता गरेकामा इजिप्टलाई इजरायलले धन्यवाद दिएको छ। यस्तै रिहा गरिएका दुई महिलालाई स्वदेश फिर्ता गर्न खेलेको भूमिकाका लागि रेडक्रसप्रति आभार प्रकट गरेको छ। 

इजरायली अधिकारीका अनुसार रिहा भएका नुरिट कुपरका ८५ वर्षीय श्रीमान् अमिरम र लिफसिट्जका ८३ वर्षीय श्रीमान् ओदेद अझै हमासको बन्धकमा छन्।

हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको इजरायलको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .