ad ad

ग्लोबल


हमासले रिहा गर्न थाल्यो बन्धक बनाइएका व्यक्ति, पहिलोपटक आमा-छोरी छाड्यो

हमासले रिहा गर्न थाल्यो बन्धक बनाइएका व्यक्ति, पहिलोपटक आमा-छोरी छाड्यो

हमासले रिहा गर्दै गरेका आमा–छोरी


नेपालखबर
कात्तिक ४, २०८० शनिबार ८:२, काठमाडौँ

इजरायलसँग युद्ध गरिरहेको प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाइएका मानिसलाई छाड्न सुरु गरेको छ। 

यही अक्टोबर ७ मा भएको आक्रमणमा बन्धक बनाइएका दुई अमेरिकी महिलालाई हमासले रिहा गरेको हो। आक्रमणपछि बन्धकको यो पहिलो रिहाइ हो।

बीबीसीका अनुसार मानवीय कारण आमा र छोरीलाई रिहा गरिएको हमासले जनाएको छ। 

बन्धकहरूको रिहाइका लागि कतारले मध्यस्थता गरेको थियो। 

रिहा हुँदै गरेका बेला जुडिथ र नताली रानानको तस्बिर पनि सार्वजनिक भएको छ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले उनीहरुको रिहाइमा खुसी व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा उनले अपहरणमा परेका अन्य १० जना अमेरिकी नागरिकको रिहाइका लागि पनि २४सै घण्टा काम गरिरहेको उल्लेख गरेका छन्।

इजरायलमा बेपत्ता पारिएका नेपालका विपिन जोशी पनि हमासको नियन्त्रणमा भएको आशंका गरिएको छ।

तर आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। सरकारले उनको खोजी जारी रहेको जनाएको छ। 

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको ज्यान गयो। 

त्यसयता सरकारले दुई चरणमा गरी २७२ नेपालीलाई इजरायलबाट उद्धार गरी नेपाल ल्याइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .