ad ad

ग्लोबल


यौन दुर्व्यवहार आरोपमा ९ शान्ति सैनिकलाई फिर्ता गर्दै राष्ट्रसंघ

यौन दुर्व्यवहार आरोपमा ९ शान्ति सैनिकलाई फिर्ता गर्दै राष्ट्रसंघ

रासस/एपी
असोज २८, २०८० आइतबार २०:५२, लागोस, नाइजेरिया

संयुक्त राष्ट्रसंघले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका नौ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ।

शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ध्यानमा राख्दै तत्काल स्वदेश फिर्ता गर्ने निर्णय गरेको राष्ट्रसंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

ती वरिष्ठ अधिकारीले आफूविरुद्ध लागेको आरोपको अनुसन्धानमा अवरोध गरेको र अन्य शान्ति सैनिकलाई धम्की दिएको बताइएको छ। अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदलिने राष्ट्रसंघले जनाएको छ। 

पूर्वी कङ्गोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा बढी शान्ति सेना तैनाथ गरिएको छ। यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसंघले जनाएको छ। 

राष्ट्रसंघको आफ्नो प्रारम्भिक मूल्याङ्कनमा कर्फ्युको समय सकिएपछि नौ शान्ति सैनिक वेश्यावृत्ति हुने निषेधित बारहरूमा गएका थिए। उनीहरूविरुद्ध शान्ति मिसनका कर्मचारी र उनीहरूलाई पक्राउ गर्न खोज्ने सैनिकहरूलाई समेत आक्रमण गर्न खोजेको आरोप लगाइएको छ। 

दक्षिण  अफ्रीकी अधिकारीहरूले आफ्नो राष्ट्रिय अनुसन्धानकर्मीको परिचालनमार्फत पूर्ण सहयोग हुने सङ्केत गरेको राष्ट्रसंघले जनाएको छ। अधिकारीहरूले पीडितलाई सहयोग गरिने तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसंघको मानक कायम राखिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

कङ्गोदेखि हैटीसम्मा परिचालन गरिएका राष्ट्रसंघका शान्ति सैनिकबाट हुने यौन दुर्व्यवहारका यस्ता आरोप विश्वका विभिन्न भागमा नयाँ होइन। थुप्रै घटनामा पीडितहरू बालबालिका हुने गरेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .