ad ad

कारोबार


सामसङले ल्यायो नेपालमा सामसङ–२०२३ टीभी सिरिज

सामसङले ल्यायो नेपालमा सामसङ–२०२३ टीभी सिरिज

नेपालखबर
असोज २८, २०८० आइतबार २१:८, काठमाडौँ

सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टीभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभीहरुको लन्च गरेको छ।

यो सिरिजको टिभीहरु यही वर्षको दसैं–तिहारको लागि भनेर नेपालमा आइसकेका छन्। यो नयाँ लाइन–अपको टिभीहरु ४३ देखि ८५ इन्चसम्मकासाइजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नेपाली बजारमा आएको यी नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा  सामसङको फ्ल्यागशिप फिचर पनि जडित भएको बताइएको छ। 

यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नको लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ।

यसै सँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन्।

धेरै पार्टहरु पुन:नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिङको पनि प्रगोग गर्ने कम्पनीले दाबी गरेको छ। 

‘आधुनिक नेपाली उपभोक्ताहरू हामीसँगै विकसित भएका छन्, र उनीहरू आफ्नो लागि अझ राम्रा राम्रा उत्पादनहरू खोजिरहन्छन्। त्यसैले हामी हाम्रा ग्राहकहरूले अनुपम गुणस्तर र उत्कृष्ट अनुभव पाउन सक्ने सबै कुरा ल्याउँछौं। कनेक्टेड एक्सपिरियन्स जुन हामीले हाम्रा ग्राहकहरुका घरमा ल्याउन सक्षम रहेका छौं, जुन हाम्रा ग्राहकहरूले आरामसँग अनुभव गर्ने छन् भनेर हामीले विश्वास गरेको छौं। नयाँ २०२३ टिभीहरूले हाम्रा प्रयोगकर्ताहरूलाई परिष्कृत अनुभव प्रदान गर्न यी सबै ल्याउँदछ’, सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिकस्का महाप्रबन्धक आलोक कुमार गुप्ताले भने।

नयाँ २०२३ लाईन–अप प्रयोगकर्ताहरूलाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .